ओलीको पक्षपोषण गर्दै राजन पोख्रेल महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८२

काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।

यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।

यसैबीच नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का संयोजक राजन कुमार पोखरेलले नेकपा एमालेको ११ औ महाधिवेशनमा प्रतिनिधिकालागि उम्मेद्वारी दिने घोषणा गरेका छन्।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का पुर्व सदस्य तथा सहकारी विभाग प्रमुख समेत रहेका पोखरेल नेपाल ह्यान्डबल संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका छन् । उनि यस अघि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव समेत रहेर आफ्नो जिम्वेवारी पुरा गरिसकेका छन् ।

लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय पोख्रेल यो पटक आफ्नो दावेदारी स्वाभाविक र शसक्त रहेको दावी गर्छन। आफूले अहिले सम्म दावी नगरेको बताउंदै उनले अब भने समय आएको बताएका छन्। नेकपा एमालेको लागि केपी वली नै निर्विकल्प नेतृत्व रहेको र अझै एकपटक वलीले नै नेतृत्व गर्नुपर्ने स्पस्ट खाका सहित महाधिवेशनमा सहभागी हुने आफ्नो एजेन्डा रहेको पोखरेलले बताएका छन्।

 

 


Published :मंसिर ७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media