
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।
यसैबीच नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटि सचिव श्रीकृष्ण श्रेष्ठले नेकपा एमालेको ११ औ महाधिवेशनमा प्रतिनिधिकालागि उम्मेद्वारी दिने घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारी शसक्त हुने र पछि नहट्ने गरि उम्मेदवारी दिने बताएका छन्।
उनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए भने उनि नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का पुर्व सहसचिव समेत हुन्।