राजेन्द्र श्रेष्ठ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८२

काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।

यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।

यसैबीच नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं बुढानिलकण्ठ -२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमालेको ११ औ महाधिवेशनमा प्रतिनिधिकालागि उम्मेद्वारी दिने घोषणा गरेका छन्।

सहमति हुने स्थित नभई चुनावको वातावरण बनेमा आफु समेत प्रतिष्पर्धामा उत्रने श्रेष्ठको भनाइ छ।


Published :मंसिर ७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media