
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भैसकेको छ।
यसैबीच काठमाडौं क्षेत्र नं ४ मा ५४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन्। त्यसमध्ये युवा समूहबाट बुढानिलकण्ठ-११ का वडा कमिटि उपाध्यक्ष प्रकाश कटवालले आफ्नो उम्मेद्वारी दिएका छन् ।
नेकपा एमालेमा लामो समयदेखि सक्रिय कटवालले २०६२ सालबाट पशुपति क्याम्पसमा अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए। २०६३ सालमा युवा संघ नेपाल कपन गाउँ कमिटी कोषाध्यक्ष रहेका कटवाल लामो समय देखि राजनीतिसंगै समाजसेवामा पनि सक्रिय रहेका छन् ।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीमा दुई पटक उपाध्यक्ष रहेर काम गरिसकेका कटवाल यो पटक पार्टीले युवा हरुलाई दिएको अबसर सदुपयोग गर्दै महाधिवेशन प्रतिनिधिको शसक्त दावेदार रहेको बताउँछन्।
सहमति नभए आगामी मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटको निर्वाचनमा सहयोग गर्न काठमाडौं क्षेत्र नं ४ का सम्पूर्ण पार्टी सदस्यहरुलाई उनले अनुरोध गरेका छन् ।