
काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि ९ गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम रहेको छ।
यसै सन्दर्भमा उक्त महाधिवेशनको लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ ले ५ जना प्रतिनिधि पाउने छ। त्यस मध्ये १ जना महिला, १ जना युवा एवं ३ जना खुल्ला उम्मेदवार रहनेछन्। उक्त संख्या भित्र प्रतिनिधि जान दर्जनौं एमालेका नेता कार्यक्रताको दावी रहने देखिन्छ।
यसैबीच नेकपा एमाले काठमाडौं क्षेत्र नं ४(२) का संयोजक गोबिन्द कटुवालले नेकपा एमालेको ११ औ महाधिवेशनमा प्रतिनिधिकालागि उम्मेद्वारी दिने घोषणा गरेका छन्।
नेकपा एमालेमा लामो समयदेखि सक्रिय कटुवालले पार्टीका विभिन्न जिम्वेवारिहरु बहन गर्दै आएका छन्।