
ओखलढुंगा। नेकपा एमालेको ११औँ महाधिवेशनमा ओखलढुंगाबाट चार जना नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । जिल्लाबाट पूर्व केन्द्रीय सदस्य यज्ञराज सुनुवार, पूर्व केन्द्रीय सदस्य किशोर अधिकारी ,प्रदेश कमिटी सचिवालय सदस्य अम्बीरबाबु गुरुङ र जिल्ला कमिटी उपसचिव अस्मिता थापा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
उम्मेदवारहरू आ–आफ्नै क्लस्टरबाट चुनावी मैदानमा छन् । यज्ञराज सुनुवार तथा किशोर अधिकारी खुला समूह, अम्बिरबाबु गुरुङ आदिवासी जनजाति समूह तथा अस्मिता थापा महिला समूहबाट उम्मेदवार बनेकी छन् । समूहगत रूपमा सुनुवार र थापा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने गुरुङ ईश्वर पोखरेल समूह र किशोर अधिकारी स्वतन्त्रबाट उम्मेदवार बनेका छन् ।
सुनुवार पूर्व सांसद हुन् भने गुरुङ प्रदेश सरकारका पूर्व मन्त्री भइसकेका नेता हुन् । थापा हाल लिखु गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी छन् ।त्यसैगरी किशोर अधिकारी नेकपा एमालेका पुराना नेता हुन् ।
त्यसैगरी केन्द्रीय पार्टी अनुशासन आयोग सदस्य पदमा नवराज श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनि नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नि फेडेरेशनका नेता हुन् ।




