
शंखुवासभा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शंखुवासभाले आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायका युवा नेता तेन्जिङ भोटियालाई समानुपातिक तर्फ सिफारिस गरेको छ।
युवा पुस्तामाझ लोकप्रिय भोटिया सगीत क्षेत्रमा पनि सक्रिय छन । नेसनल प्याब्सनका केन्द्रीय सचिव समेत रहेका भोटिया विगत लामो समय देखि सामाजिक सेवा, शिक्षा र युवामुखी अभियानमा सक्रिय रहँदै आएका छन्। शंखुवासभा जिल्लामा आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको आवाजलाई राष्ट्रिय राजनीतिमा मजबुत रूपमा उठाउँदै आएका नेताका रूपमा उनलाई चिनिन्छ।
गत प्रतिनिधिसभा निर्वाचनमा उनले सत्तारूढ दलका उम्मेदवार दीपक खड्का तथा प्रतिस्पर्धी राजेन्द्र गौतमसँग स्वतन्त्र उम्मेदवारका रूपमा एक्लै प्रतिस्पर्धा गरेका थिए। सीमित स्रोत–साधनका बाबजुद पनि उल्लेखनीय मत ल्याउँदै उनले जिल्लामा वैकल्पिक र साहसी राजनीतिक नेतृत्वको उदाहरण प्रस्तुत गरेका थिए।
राप्रपाले भोटियालाई समानुपातिक कोटामा सिफारिस गरेसँगै शंखुवासभामा युवा, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्व थप मजबुत हुने अपेक्षा गरिएको छ। पार्टीभित्र उनको सिफारिसलाई सकारात्मक रूपमा हेरिएको छ।