ओखलढुंगामा एमालेबाट अस्मिता थापाले पाइन् टिकट, रोकिए यज्ञराज

काठमाडौं । अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट दिएको छ ।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा आफूनिकटमध्ये अस्मितालाई टिकट दिएका हुन् । अस्मितालाई यअसघि एमाले महाधिवेशन प्रतिनिधि पनि दोस्रोपटकमा चयन गरेर गुन्डुको निर्देशनमा ल्याइएको थियो ।

ओखलढुंगामा २०७९ सालमा नेपाली कांग्रेसका रामहरि खतिवडासँग पराजित यज्ञराज सुनुवार टिकटका बलिया दाबेदार थिए। उनी एमालेको एघारौं महाधिवेशनमा ओली समूहमै खुलेर लागे पनि टिकट पाएनन् ।

यज्ञराजले टिकटको लागि ओलीसँग राम्रै लबिङ गरे पनि सुनुवाइ हुन सकेन । ओलीले आफूलाई बाका रूपमा सम्बोधन र सम्मान गर्दै आएकी पालिका उपाध्यक्ष थापालाई टिकट दिए ।


Published :माघ ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media