१५ अवैतनिक महावाणिज्यदूत तथा कन्सुलर पदमुक्त

राष्ट्रपाटी न्युज

बैशाख २५, २०८३

काठमाडौँ । सरकारले विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूत तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय भएको बताएका हुन्।

यस्तै, सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षणसम्बन्धी १९४७ को महासन्धि नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।


Published :बैशाख २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media