सरकारले गरिवलाई सबैभन्दा बढी पीडा दियोः दाहाल

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८३

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरुले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए । उनले कम्युनिष्टहरुबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए ।
अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कुम्युनिष्ट पार्टीहरुमाथि नै भरोसा गरिरहेको जिकिर पनि गरे ।


Published :बैशाख २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media