एमाले सचिवालय बैठक आज पनि बस्दै

राष्ट्रपाटी न्युज

जेष्ठ ९, २०८३

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।

शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आ आफ्नो विषय राखेका थिए । सो क्रममा उनीहरुले अध्यक्ष ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आजको बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।


Published :जेष्ठ ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media