फिफा विश्वकपः कुरासाओमाथि जर्मनीको ७ गोलको वर्षा

काठमाडौँ । चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरूवात गरेकाे छ । जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ गोलले पराजित गरेको हाे ।

ह्युस्टन स्टेडियममा सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनीले खेलको सुरुदेखि नै दबदबा बनाएको थियो । यद्यपि पहिलो पटक विश्वकपमा उत्रिएको कुरासाओले पनि साहसिक प्रदर्शन गर्दै एक गोल गर्न सफल भयो ।

खेलको सुरुवातमै छैटौं मिनेटमा जर्मनीले गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि २१औं मिनेटमा कुरासाओले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याएको थियो ।

तर जर्मनीले पहिलो हाफमै पुनः खेल आफ्नो पक्षमा ल्यायो । ३८औं मिनेटमा हेडरमार्फत अर्को गोल गर्दै अग्रता लिएको जर्मनीले पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत थप गोल गर्दै ३–१ को अग्रता बनायो ।

दोस्रो हाफमा जर्मनी अझ आक्रामक देखियो । ४७औं मिनेटमा गोल गर्दै अग्रता बढाएको जर्मनीले ६८औं र ७८औं मिनेटमा थप दुई गोल गर्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो ।

कप्तानले दुई गोलमा सहयोग गर्दै उत्कृष्ट प्रदर्शन गरे। यो जितसँगै जर्मनीले समूह ‘ई’ मा ३ अंक जोडेको छ। जर्मनीले अब अर्को खेल आइभरी कोस्टसँग खेल्नेछ भने कुरासाओले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ।


Published :असार १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media