जिल्ला स्तरिय फुटसलमा प्रशान्ति एकेडेमी बिजयी

काठमाडौं । प्रशान्ति एकेडेमी एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलमा बिजेता बनेको छ ।

कपनस्थित दीक्षालय नेपाल फाउन्डेसनमा भएको खेलमा प्रशान्तिले भिमेस्वर एकेडेमीलाइ २-१ ले पराजित गर्यो ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा भइरहेको खेलकुद सप्ताहको फुटसलमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए। फुटसलको फाइनल आज मंगलबार भएको हो।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भइसकेको छ ।


Published :माघ २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media