तेस्रो बूढानीलकण्ठ मेयरकप फुटसल प्रतियोगिता भोलि देखि

राष्ट्रपाटी न्युज

७ फाल्गुन २०८०

बूढानीलकण्ठ । “उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ फागुन ०८ गते (भोलिबाट) तेस्रो बुढानीलकण्ठ मेयरकप फुटसल प्रतियोगिता सुरु हुँदै छ ।

बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा फाल्गुन ८ र ९ गते गरी २ दिन सञ्चालन हुने प्रतियोगितामा २२ वटा क्लबहरुले भाग लिएका छन् ।

खेलको फागुन ८ गते बिहान ७ः३० बजे उद्घाटन हुनेछ भने उद्घाटनको अवसरमा बुढानीलकण्ठका जनप्रतिनिधि र कर्मचारी विच मैत्रीपुर्ण खेल सञ्चालन हुने आयोजकले जनाएको छ । यस्तै फागुन ०९ गते हुने समापन समारोहको अवसरमा जनप्रतिनिधि VS पत्रकार विच मैत्रीपुर्ण खेल सञ्चालन हुने छ ।

फाुगन ०६ गते नगरपालिका सभाहलमा आयोजित टाईसिट-ड्र एवं पत्रकार सम्मेलन कार्यक्रम मार्फत प्रतियोगिताको सम्पुर्ण खेलहरु निर्धारण भएको छ । खेलको टाईसिट अनुसार पहिलो खेल डिफेन्डिन्ङ च्याम्पियन रेभ फुटबल टिम र एपेक्स क्लब विच हुनेछ ।

वडा नं ०७, गल्फुटार स्थित चौर फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिएका छन् ।

7 ‘A’ शाईड ढाँचामा सञ्चालन हुने खेलहरु नकआउट चरणमा खेलाईने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई नगद रु. ७५ हजार र उपविजेतालाई रु. ३५ हजार पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।


Published :७ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media