
काठमाडौं । बूढानिलकण्ठ नगरपालिकामा प्रथम SEE ३X३ बास्केटबल प्रतियोगिता हुने भएको छ। नेपाल खेलकुद महासंघ बूढानिलकण्ठ नगर कमिटिको आयोजनामा यहि बैशाख १४ गते बूढानिलकण्ठ ८ स्थित गोल्फुटार बास्केटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
नेपाल भर SEE तहमा सहभागी बिधार्थीहरुलाई बास्केटबल खेलमा सहभागी गराई खेलप्रतिको उर्जालाई बिकास गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको नेपाल खेलकुद महासंघ बूढानिलकण्ठ नगर कमिटि अध्यक्ष बिराज रानाले जानकारी दिएका छन्।
४४ वटा पुरुष र ६ वटा महिला समुहले प्रतिष्पर्धा गर्ने प्रतियोगिताका प्रथम र द्वितीय समुहले क्रमश ७१०० र ४४०० नगद सहित गिफ्ट ह्याम्पर्स तथा भौचरहरु प्राप्त गर्ने उनले जानकारी दिएका छन्।
उक्त कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाइ सब्य र भव्य ढंगले सम्पन्न गर्न सहयोग पुर्याउन नेपाल खेलकुद महासंघ स्थायी कमिटि सदस्य दीपक तामांगले सबैलाई अनुरोध गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सम्पूर्ण नेकपा एमालेका कार्यकर्ता तथा समर्थक लगायत सम्पूर्ण बूढानिलकण्ठ नगरबासीलाई नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटि अध्यक्ष प्रदिप डंगोलले आग्रह गरेका छन्।