रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

काठमाडौं । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ ।

सीआइबीको एसपी हविन्द्र बोगटीको टोलीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेको छ ।

यसैबीच लामिछानेले पत्रकार सम्मेलनको तयारी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा नेता तथा कार्यकर्ता भेला गरेर लामिछानेले प्रष्टीकरण दिन पत्रकार सम्मेलनको तयारी भएको एक नेताले बताए ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले कास्की अदालतबाट रविलाई पक्राउ अनुमति पाएसँगै लामिछानेलाई गिरफ्तारीको तयारी भइरहेको छ ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रविसँगै उनका पार्टनर छबिलाल जोशी बञ्जाडे र नेटवर्कका अध्यक्ष जीवी राईले सहकारीको ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media