रवि लामिछानेलाई आजै पोखरा लैजाने तयारी

राष्ट्रपाटी न्युज

२ कार्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आजै पोखरा लैजाने तयारी थालिएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहि बेरमामा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले लामिछानेलाई आजै पोखरा लैजाने बताए ।

उनले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने पनि बताए । पार्टी कार्यलय अगाडि मिडियालाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउँदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह समेत गरे ।

उनले कुनै अमुक व्यक्तिकोराजनीतिक कुण्ठा पुरा गर्न प्रहरी परिचालन गरेर लामिछानेलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाए ।

शुक्रबार नै जिल्ला अदालत कार्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपा कार्यालय पुगेको थियो ।


Published :२ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media