बुढानिलकण्ठ-६ को वडा प्रशासनिक भवनको समुद्घाटन सम्पन्न

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८२

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को वडा प्रशासनिक भवनको समुद्घाटन समारोह सम्पन्न भएको छ। बैशाख ५ गते शुक्रबार बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको हातवाट नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन गरिएको हो ।

सम्पूर्ण सहभागीहरु भद्रकाली मन्दिरमा जम्मा भइ दिप प्रज्वलन गरि र उक्त दिपबाट नवनिर्मित वडा कार्यालयमा समेत विशेष दिपको प्रज्वलन गरिएको थियो । वडा नं ६ को लुँडे खोला कोरिडोरमा करिव १५ आना क्षेत्रफलमा बनेको सुविधा सम्पन्न भवनको नगर प्रमुख अधिकारीले एक भव्य समारोहबीच उद्घाटन गरेका हुन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर प्रमुख मिठाराम अधिकारी ,नगर उपप्रमुख अनिता लामा, नेकपा एमाले जिल्ला कमिटि काठमाडौंका अध्यक्ष एवं निबर्तमान माननीय दीपक निरौला,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडाध्यक्षहरु , जनप्रतिनिधिहरु, वुद्दिजिवी , नागरिक समाज , महिला समुह , उपभोक्ता समिति, राजनीतिककर्मीहरु, विभिन्न क्षेत्रका कलाकारहरु लगायत नागरिकहरुको बाक्लो उपश्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी , उपप्रमुख अनिता लामा,निबर्तमान माननीय दीपक निरौला, नगर प्रवक्ता नबराज भट्टराई , वडाध्यक्ष रवि खड्का ,प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला , वडा सदस्य राजु भण्डारी लगायतले आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन वडा सदस्य मुना महर्जनले गरेकी थिइन्।

उद्घाटन कार्यक्रमको विशेष अबसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा बसोबास गर्ने बिभिन्न क्षेत्रमा योगदान दिएका वडाबासीहरुलाई सम्मान गरिएको थियो ।

नयाँ वडा प्रशासनिक भवनको समुद्घाटन पश्चात वडाध्यक्ष रवि खड्काले आफ्नो नयाँ कार्यकक्षमा कार्यभार सम्हाल्दा नगर प्रमुख मिठाराम अधिकारीले दुवोको मल लगाईदिएर अभिनन्दन गरेका थिए।

चर्चित लोकगायक सुर्यमणि आचार्यको प्रस्तुति रहेको कार्यक्रममा बिभिन्न झाँकी सहितका सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।


Published :बैशाख ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media