महाधिवेशन प्रतिनिधि चुनिन सहयोग गर्न संगम गहतराजको आग्रह

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८२

काठमाडौं । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भैसकेको छ।

यसैबीच काठमाडौं क्षेत्र नं ४ मा ५४ जनाले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन्। त्यसमध्ये खुला समूहबाट संगम गहतराजले उम्मेद्वारी दिएका छन् ।
लामो समय नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा रहेर काम गरेका उनि नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सचिव ,सह संयोजक हुदै संयोजक समेत बनेका थिए।

उनि साविक प्ररायुसंघको आधारभूत तह देखि संगठित भएर नेकपा एमालेको आन्दोलनमा सक्रिय रहदै विभिन्न जिम्मेवारी बहन गरेका छन्।

उनले २०७४ सालपछि बुढानिलकण्ठ नगरपालिकामा कार्यपालिका सदस्यमा निर्वाचित बन्दै विधायन समिति संयोजकको भूमिका निर्वाह गरेका थिए।

नेकपा एमालेको बागमती प्रदेस कमिटी सदस्यका रुपमा काम गरिसेका गहतराज हाल बागमती प्रदेश सल्लाहकार रहेका छन् भने उनले मुक्ति समाजको केन्द्रीय सदस्यका रुपमा पनि योगदान पुर्याएका छन् ।

सहमति नभए आगामी मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटको निर्वाचनमा सहयोग गर्न काठमाडौं क्षेत्र नं ४ का सम्पूर्ण पार्टी सदस्यहरुलाई उनले अनुरोध गरेका छन् ।


Published :मंसिर ११, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media