
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार तथा सार्वजनिक स्थानमा रहेका सुकुम्बासी बस्ती तत्काल खाली नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती हटाउने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको हो ।
गोपाल रनपहलीसहित ११ जनाले यही वैशाख ११ गते सुकुम्बासी बस्ती खाली गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले नदी किनारका बस्ती खाली गर्न सूचना जारी गरेपछि त्यसविरुद्ध अदालतमा रिट परेको हो ।