रास्वपा बारा बैठकमा तनाव, कार्यकर्ताबाटै लखेटिए सांसद

राष्ट्रपाटी न्युज

जेष्ठ ९, २०८३

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकबाट कार्यकर्ताबाटै सांसदहरु लखेटिएका छन् । बैठकका क्रममा तनाव र होहल्ला भएपछि कार्यकर्ताबाट प्रतिनिधिसभा सदस्यहरु बैठकस्थलबाटै लखेटिएका हुन् ।
शनिबार बारा सदरमुकाम कलैयामा आयोजित बैठकमा  जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह नेता सहभागी भएका थिए । उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद भएको थियो ।
समझदारी नभएपछि आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठकस्थलबाट धक्का दिएर बाहिर निकालेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिदै गएको छ भने कार्यकर्ता समेत रुष्ट बनेका छन् ।


Published :जेष्ठ ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media